+

आईपीओ

२३ च्याप्टर
Chapter - 22

इस्यु म्यानेजरले के काम गर्छ ?

२०८० चैत  १६ गते १८:४१ २०८० चैत १६ गते १८:४१

बिक्री प्रबन्धक (इस्युम्यानेजर) को विशिष्ट भूमिका उद्योग र संगठनको आधारमा भिन्न हुनसक्छ । यहाँ बिक्री प्रबन्धकका केही सामान्य कामहरूको चर्चा गरिएको छ ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली अनुसार बिक्री प्रबन्धकले निम्नानुसारका काम गर्न सक्छन् :

क) धितोपत्र निष्काशनका लागि विवरणपत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने ।

ख) कम्पनीले निष्काशन गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा आफूले खरिद गर्न प्रत्याभूति (अन्डरराइटिङ) गर्ने ।

ग) कम्पनीको तर्फबाट धितोपत्रधनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी गर्ने, शेयर रजिस्ट्रेसन सम्बन्धी सेवा दिने ।

घ) ग्राहकसँग सम्झौता गरी लगानी व्यवस्थापन सम्बन्धी सेवा दिने ।

ङ) संस्थागत परामर्श सेवा प्रदान गर्ने ।

मर्चेन्ट बैंकरले मर्चेन्ट बैंकिङ बाहेक अन्य व्यवसाय गर्न सक्दैन । बैंक तथा वित्तीय संस्थालाई भने यो नियम लाग्दैन ।

मर्चेन्ट बैंकरले लिने शुल्क

१. निष्काशन गरिने धितोपत्रका लागि बिक्री प्रबन्ध गरिएको रकमको बढीमा दुई प्रतिशतसम्म । यस्तो सेवा शुल्क एक लाख रूपैयाँ भन्दा कम भने हुँदैन ।

२. प्रत्याभूति सेवा उपलब्ध गराए बापत प्रत्याभूति गरेको रकमको बढीमा ४ प्रतिशतसम्म ।

३. धितोपत्रको नामसारी गरिदिए बापत प्रत्येक नामसारीका लागि १० रुपैयाँ ।

४. शेयर रजिष्ट्रारको कार्य गर्ने मर्चेन्ट बैंकरले सम्बन्धित संगठित संस्थाबाट प्राप्त गर्ने वार्षिक सेवा शुल्क सम्बन्धित संस्थाबीच भएको सम्झौता बमोजिम हुन्छ ।

५. लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा प्रदान गरे बापत ग्राहकबाट लिने सेवा शुल्क ग्राहकसँग भएको सम्झौता बमोजिम हुन्छ ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

आईपीओ

आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?            

आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई...

0 %

पढिसक्नुभयो !