सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?

शेयर सूचीकरण खारेजी भन्नाले स्टक एक्सचेन्जमा किनबेच भइरहेको कम्पनीको शेयरलाई स्टक एक्सचेन्जको कारोबार सूचीबाट हटाउने प्रक्रियालाई बुझाउँछ । सूचीकरण खारेजीपछि त्यस्ता कम्पनीको शेयर कारोबार स्टक एक्सचेन्जको नियमित कारोबार प्लेटफर्ममा उपलब्ध हुँदैनन् ।
सामान्यतया स्टक एक्सचेन्जले तोकेको निश्चित मापदण्ड पूरा नगर्ने कम्पनीलाई शेयर बजारमा कारोबार हुन नसक्ने गरी सूचीकरण खारेज (डी–लिस्ट) गरिन्छ । डी–लिस्टेड कम्पनीको शेयर ओभर द काउन्टर (ओटिसी) मार्केटमा कारोबार गर्न सकिन्छ ।
शेयर सूचीकरण खारेजीका विभिन्न कारण हुनसक्छन् :
मापदण्डः स्टक एक्सचेन्जमा सूचीकृत हुनको लागि निश्चित मापदण्ड हुन्छन् जुन कम्पनीहरूले पूरा गर्नुपर्छ । यी मापदण्डहरूमा सामान्यतया वित्तीय पारदर्शिता र संस्थागत सुशासनका शर्त हुन्छन् । कुनै कम्पनीले यी शर्तहरू पूरा गर्न सक्दैनन् भने तिनलाई धितोपत्र कारोबारबाट वञ्चित गरिन्छ ।
वित्तीय संकटः व्यवसाय सञ्चालनमा कठिनाई भई पूर्ण रूपमा घाटामा रहेका कम्पनी वा बैंकको लिलामी वा अरू किसिमका गम्भीर वित्तीय संकटमा परेका कम्पनीको शेयरलाई स्टक एक्सचेन्जको सूचीकरणबाट हटाइन्छ ।
स्वेच्छिक डी–लिस्टिङः कम्पनीलाई पब्लिकबाट प्राइभेट बनाउने वा अर्कोसँग मर्ज गर्ने लगायत योजना अनुरूप केही कम्पनीले स्वेच्छिक रूपमा आफ्नो शेयर स्टक एक्सचेन्जबाट हटाउन सक्छन् ।
मुद्दा–मामिलाः कुनै कम्पनीले धितोपत्र सम्बन्धी नियम उल्लंघन गर्छ वा अरू कुनै कानूनी समस्यामा परेको छ भने पनि सूचीकरणबाट हटाउने गरिन्छ ।
बजार पूँजीकरणः कुनै कुनै मुलुकमा लगातार शेयर मूल्य घटेर कम्पनी बजार पूँजीकरणका हिसाबले अत्यन्तै सानो भयो भने स्टक एक्सचेन्जले सूचीकरणबाट हटाउने गर्छन्।
नेपालमा नेप्सेलाई बुझाउनुपर्ने सूचीकरण शुल्क लगातार तीन वर्षसम्म नबुझाएमा, कम्पनीले व्यवसाय गर्न छोडेमा, मर्ज वा एक्विजिसनका कारणले अस्तित्वमा नरहेमा सूचीकरण खारेज हुनसक्छ ।
धेरै पढिएका
शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...
कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...
दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...
शेयर बजारका लगानीकर्ता
धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...
वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...
शेयरको फेस भ्यालु भनेको के हो ?
जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- शेयर भनेको के हो ?
- शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?
- शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन
- दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?
- स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?
- प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?
- पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?
- शेयरको फेस भ्यालु भनेको के हो ?
- शेयर बजारले कसरी काम गर्छ ?
- भ्यालु वा ग्रोथमध्ये लगानीको कुन शैली ठिक ?
- शेयर बजारमा कारोबार कसरी गर्ने ?
- वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?
- के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्
- बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?
- शेयरको मूल्य उतारचढाव कसरी हुन्छ ?
- सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?
- बुल मार्केट र बियर मार्केट भनेको के हो ?
- कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?
- लगानी रणनीति
- शेयर बजारका लगानीकर्ता
- सम्पत्ति कसरी बढाउने ? यस्तो छ लगानी र बचत बीचको अन्तर
- नेपालका महँगा १० शेयर, किन महँगा हुन्छन् कुनै कुनै शेयर ?
- शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक
- शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक
- नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास
- शेयर बजारमा नयाँ हुनुहुन्छ ? यी हुन् तपाईंले गर्न हुने र नहुने काम
- शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय
- शेयर बजारबारे केही भ्रम र यथार्थ
- राजनीतिसँग शेयर बजारको साइनो
- नेपालको शेयर बजारलाई तल–माथि पार्ने मुख्य तत्वहरू
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।