फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले तोकेको हुन्छ । पहिले पहिले धितोपत्र (शेयर वा ऋणपत्र) को कागजी प्रमाणपत्रमै यस्तो मूल्य लेखिएको हुन्थ्यो ।
आईपीओेमा कम्पनीले अंकित मूल्यमै धितोपत्र जारी गर्छन् भन्नुको अर्थ प्रति एकाई धितोपत्रको मूल्य जति हो त्यतिमै लगानीकर्ताले खरिद गर्ने अवसर पाउँछन् भन्ने हो ।
मानौं, एक लगानीकर्ताले एबीसी लिमिटेड कम्पनीको आईपीओे १० कित्ता शेयर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा खरिद गरिरहेको छ । यसको मतलब उसको कुल लगानी १००० रुपैयाँ भएको छ । तर, स्टक एक्सचेन्जमा सूचीकृत भएपछि, प्रत्येक शेयरको मूल्य लगानीकर्ताको माग र आपूर्तिको आधारमा तल–माथि गर्छ । उसको शेयर बढेर ११० वा १२० मा कारोबार हुन सक्छ भने घटेर ९० वा ८० मा पनि आउन सक्छ । बढ्यो भने उसलाई फाइदा हुन्छ, घट्यो भने घाटा ।
अन्तर्राष्ट्रिय बजारमा अंकित मूल्यमा घटाएर वा बढाएर आईपीओ गर्ने चलन छ । अंकित मूल्यमा थपेर शेयर जारी गर्नेलाई प्रिमियममा निष्काशन भनिन्छ भने अंकित मूल्यमा घटाएर जारी गर्नेलाई डिस्काउन्टमा निष्काशन भनिन्छ ।
अंकित मूल्यमा शेयर कसरी बेचिन्छ ?
स्टक एक्सचेन्जमा अंकित मूल्यभन्दा बढी वा घटीमा शेयरको कारोबार हुनसक्छ । स्टक एक्सचेन्जमा सूचीकृत भएपछि अंकित मूल्य वा आईपीओे मूल्यबाट नाटकीय रूपमा कम्पनीको शेयर मूल्य परिवर्तन भएका थुप्रै उदाहरण छन् । तपाईंले प्रत्येक शेयरको लागि कति रकम खर्च गर्नुहुन्छ भनेर जान्न स्टक किन्नु अघि बजार मूल्यसँग जाँच गर्नुपर्छ ।
सबै शेयर अंकित मूल्यमै जारी हुन्छ भन्ने छैन । दोस्रो बजारमा शेयरको कारोबार अंकित मूल्य वा जारी मूल्यमै हुनुपर्छ भन्ने पनि होइन । स्टक एक्सचेन्जहरूमा शेयरको मूल्य आपूर्ति र मागसँगै दैनिक रूपमा अझ छिनछिनमा परिवर्तन हुनसक्छ । लगानीकर्ताको चासो, कम्पनीको वृद्धि सम्भावना, समग्र बजार र अर्थतन्त्रको स्थिति लगायतले शेयरको माग र आपूर्ति तथा मूल्यमा प्रभाव पार्छ ।
आईपीओेको अंकित मूल्यको गणना
कुनै कम्पनीको पूँजी १ करोड छ र यसलाई १ लाख कित्ता शेयरमा विभाजन गरियो भने एक कित्ता शेयरको मूल्य १०० रुपैयाँ हुन आउँछ । यसैलाई अंकित मूल्य भनिन्छ । तर कम्पनीको वित्तीय अवस्था बलियो छ, शेयरधनी कोषमा पर्याप्त मौज्दात छ भने अंकित भन्दा बढी मूल्यमा लगानीकर्तालाई शेयर बिक्री गर्न सक्छ ।
यस अर्थमा अंकित मूल्यलाई एक सैद्धान्तिक मूल्य पनि मान्न सकिन्छ । यो मूल्यलाई कानूनी र लेखा प्रयोजनमा उपयोग गरिन्छ ।
कम्पनीले धेरै लगानीकर्तालाई सहभागी गराउन खोज्यो भने थोरै कम मूल्यमा शेयर जारी गर्न सक्छ । कम राख्न चाहन्छ । तर सामान्यतया कम्पनीको जोड बढी पूँजी संकलन गर्ने हुन्छ । त्यसैले सम्भव भएसम्म उच्च मूल्यमा शेयर बिक्री गर्न खोज्छन् ।
दीर्घकालीन लगानीमा रुचि राख्ने लगानीकर्ताको लागि अंकित मूल्य महत्वपूर्ण पक्ष होइन । यद्यपि कम्पनीले प्रदान गर्ने लाभांशको हिसाब अंकित मूल्य (चुक्ता मूल्य) गरिने, त्यस्तो लाभांशलाई बजार मूल्यसँग तुलना गरिने हुँदा अंकित मूल्यलाई पूरै बेवास्ता गर्न सकिंदैन । मानौं एबीसी कम्पनीको शेयरको अंकित मूल्य १०० रुपैयाँ छ, अर्को कम्पनीको ५० रुपैयाँ छ । दुवै कम्पनीले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरे भने पहिलो कम्पनीको लगानीकर्ताले १० रुपैयाँ पाउँछ भने दोस्रोको लगानीकर्ताले ५ रुपैयाँ मात्र ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओ र एफपीओमा अन्तर
आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।