+

आईपीओ

२३ च्याप्टर
Chapter - 6

आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?

२०८० चैत  १५ गते १९:१९ २०८० चैत १५ गते १९:१९

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भनेको शेयर आवेदकहरूमध्येबाट कसलाई के कति कित्ता वितरण गर्ने भन्ने प्रक्रियालाई बुझाउँछ । यसरी आईपीओ बाँडफाँट गर्दा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार बाँडफाँट गर्नुपर्छ ।

१. बिक्री प्रबन्धकले आईपीओ निष्काशनको खुला मिति र बन्द मिति सहित सूचना निकाल्छ । तोकिएको मितिभित्र सबै शेयरहरू बिक्री भएको खण्डमा आईपीओ बन्द गर्छ । आरक्षण अन्तर्गत फरक समूहका लगानीकर्तालाई आवेदन दिने मिति फरक–फरक हुन्छ । उदाहरणका लागि आयोजना प्रभावित क्षेत्रका लगानीकर्ताहरूलाई आईपीओमा आवेदन दिने अवधि ३० दिन तथा वैदेशिक रोजगारीका लागि बढीमा १५ दिन तथा सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई आन्तरिक रूपमा परिपत्र गरी केही दिनको समय सीमा तोकेर आईपीओमा आवेदन लिने गरिन्छ । यसबाहेकका सर्वसाधारण लगानीकर्तालाई भने सामान्यतया आवेदन दिने घटीमा ४ र बढीमा ३० कार्यदिनको अवधि राखेर आईपीओ गरिन्छ ।

२. यसरी परेको निवेदनलाई बिक्री प्रबन्धकले विभिन्न आस्बा बैंकहरूको मद्दतले निवेदन अनुसार कित्ता र रकम पुगे नपुगेको जेकचाँज गर्छ । कित्ता अनुसार बैंकमा पैसा हुने आवेदनहरू बैंकले कहिले तुरुन्तै तथा कहिलेकाहीं एक वा दुई कार्यदिनभित्र आईपीओ निष्काशन बन्द हुने दिन वा अघिल्लो दिनसम्ममा आवेदनलाई अनुमोदन (एप्रुभ) वा अस्वीकार (रिजेक्ट) गर्छन् । यसैकारण हामीले आईपीओमा आवेदन दिएको केही दिनसम्म पनि मेरो शेयरबाट माई आस्बामा गई रिपोर्ट हेर्दा अनभेरिफाइड स्टाटस देखिन सक्छ । यस्तो देखिएको खण्डमा हामी आवेदकले समेत आफ्नो बैंकको शाखामा सम्पर्क गरी आईपीओ आवेदन भेरिफाई गरिदिन अनुरोध गर्नुपर्ने हुन्छ ।

३. रकम भेरिफाई भइसकेपछि बिक्री प्रबन्धकले आवेदनमा डुप्लिकेसन चेक गर्छ । यो भनेको एउटै आवेदकले फरक–फरक डिम्याट खाताबाट एउटै आईपीओमा आवेदन दिए नदिएको चेकजाँच हो ।

४. यसरी डुप्लिकेसन भेरिफिकेसन गरी दुई वटा आवेदन हाल्ने सबै आवेदकको आवेदन रद्द गरी बिक्री प्रबन्धकले बाँडफाँट योग्य आवेदकको सूची तयार गर्छ ।

५. यसरी तयार गरेको सूची तयार गरेपछि बिक्री प्रबन्धकले स्किप नम्बर निकाल्छ । कुल बाँडफाँट गर्न सकिने शेयरधनीको संख्याले बाँडफाँट योग्य आवेदकको संख्यालाई भाग गरेर स्किप नम्बर निकालिन्छ ।

६. यसरी स्किप नम्बर निकालेपछि बिक्री प्रबन्धकले बाँडफाँट गर्नु तीन दिनअघि धितोपत्र बोर्ड समक्ष प्रि–एलटमेन्टको जानकारी गराई सहमति माग गर्छ ।

७. बोर्डबाट सहमति पाएपछि बिक्री प्रबन्धकले मिति तोकेर बाँडफाँट गर्छ ।

८. बाँडफाँट हुने दिन निष्काशन गर्ने कम्पनीको प्रतिनिधि, बिक्री प्रबन्धकको प्रतिनिधि, नेप्से तथा कम्पनी रजिष्ट्रारका प्रतिनिधि, पत्रकार तथा लगानीकर्ता समक्ष गोलाप्रथा गरेर ० देखि ९ नम्बर सम्मको बल तान्न लगाइन्छ ।

९. यसरी गोलाप्रथामा बल तान्दा जति नम्बरको बल आउँछ सुरुको शेयर सो नम्बरको सूचीमा पर्ने डिम्याट खातावालालाई बाँडफाँट हुन्छ र यसपछि अगाडि निकालिएको स्किप नम्बर जोडेर आउने नम्बरहरूलाई क्रमशः शेयर बाँडफाँट गर्दै लगिन्छ ।

यसरी बाँडफाँट प्रक्रिया सकिएपछि बिक्री प्रबन्धकले नतिजा सीडीएससीको मेरो शेयरमा अपलोड गर्छन । सीडीएससीको आईपीओ हेर्ने वेबसाइट https://iporesult.cdsc.com.np/ मा गएर शेयर परे–नपरेको हेर्न सकिन्छ ।

बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीको वेबसाइटमा समेत यस्तो नतिजा हेर्ने व्यवस्था मिलाइएको हुन्छ ।

नतिजा दुई तरिकाले हेर्न सकिन्छ :

पहिलो तरिका

  • नतिजा हेर्न चाहेको कम्पनी छनोट गर्नुहोस् ।
  • आफ्नो डिम्याट नम्बर राख्नुहोस् र उल्लिखित Captcha राखी View Result मा थिच्नुहोस् ।

  • तपाईंले दिएको आवेदनमा आईपीओ परेमा

  • तपाईंले दिएको आवेदनमा आईपीओ नपरेमा

दोस्रो तरिका

  • मेरो शेयर लगइन गर्नुहोस् ।
  • MY ASBA मेनुमा जानुहोस् ।

  • Application Report मा जानुहोस् ।

  • आवेदन दिएको कम्पनीको Report मा जानुहोस् ।

  • शेयर परेको भए Status मा Alloted देखाउँछ ।

  • नपरेको खण्डमा Status मा Not Alloted देखाउँछ ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

आईपीओ

आईपीओ र एफपीओमा अन्तर

आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।

0 %

पढिसक्नुभयो !