+

आईपीओ

२३ च्याप्टर
Chapter - 17

ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?

२०८० चैत  १६ गते १४:४८ २०८० चैत १६ गते १४:४८

ओभर सब्स्क्रिप्सन भनेको आईपीओेमा बिक्रीको लागि प्रस्तावित शेयरहरूको कुल संख्या भन्दा बढी संख्यामा शेयर माग गर्दै आवेदन गरिएको अवस्था हो । यदि १० लाख शेयर बिक्रीको लागि प्रस्ताव गरिएको छ तर २० लाख कित्ता शेयर माग गरिएको छ भने त्यो ओभर सब्स्क्रिप्सन हो । लगानीकर्ता नयाँ कम्पनीमा लगानी गर्न धेरै उत्सुक हुँदा बढी माग गर्छन् । 

कम्पनीले आईपीओेको तयारी गरिरहेको छ भने उसले कति शेयर बिक्री गर्ने तय गर्नुपर्छ । यसलाईप्रस्ताव आकारनिर्धारण गर्ने भनिन्छ । प्रस्तावको आकार महत्वपूर्ण आईपीओे निर्णयहरूमध्येको एक हो । यसले आईपीओेबाट उठेको रकम, कसले लगानी गर्छ र उनीहरूले आफ्नो शेयरको लागि कति तिर्छन् भन्ने कुरालाई असर गर्छ ।

कम्पनीले आकार प्रस्ताव गरेपछि संस्थागत लगानीकर्ता, कर्मचारी, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा भएकाहरूको लागि शेयर छुट्याउँछ । सर्वसाधारणलाई अलग्गै बिक्री गर्छ । सर्वसाधारण लगानीकर्ताहरूका भागमा कम सेयर पर्ने भएकाले ओभर सब्स्क्रिप्सन हुने सम्भावना अधिक हुन्छ ।

शेयरको ठूलो मागका कारण लगानीकर्ताले एकअर्कासँग भिड्नुपर्ने भएकाले ओभर सब्स्क्राइबको अवस्था आउँछ । कुनै कम्पनीको आईपीओे ओभर सब्स्क्राइब भएको छ भने यसमा धेरैको चासो छ भन्ने बुझ्नुपर्छ । दोस्रो बजारमा यसको मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

धेरै पढिएका

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

आईपीओ

फेस भ्यालु भनेको के हो ?

शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

आईपीओ

आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?            

आस्बा प्रणाली भनेको प्राथमिक शेयर निष्काशनमा आवेदन दिने लगानीकर्ताको बैंक खातालाई सीडीएससीको मेरो शेयर प्रणालीसँग आबद्ध गरी आवेदन अनुसारको रकमलाई...

0 %

पढिसक्नुभयो !