आईपीओमा लगानी किन गर्ने ?

सबैसँग कम्पनी स्थापना गरी सञ्चालन गर्ने दक्षता, क्षमता तथा पूँजी हुन सक्दैन । एकल व्यक्तिगत लगानीमा उत्पादनमूलक, होटल, बैंक, टेलिकम, अस्पताल लगायतका ठूला कम्पनी खोलिंदैन । तर आफूसँग लगानीयोग्य रकम छ भने सञ्चालनमा आइसकेका कम्पनीमा हिस्सेदार बन्न सकिन्छ ।
बेला–बेलामा पब्लिक कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्छन् । त्यस्तो अवसर आएको खण्डमा लगानीकर्ताले कम्पनीको शेयर खरिद गर्न सक्छन् । आईपीओमा सामान्यतया सबै सर्वसाधारणले लगानी गर्न सक्छन् । यसरी आईपीओमा लगानी गर्दा भविष्यमा उच्च प्रतिफल पाउन सकिन्छ ।
चुक्ता मूल्यमा राम्रो नाफा गर्ने कम्पनीको आईपीओमा लगानी गर्ने अवसर पाएको खण्डमा लगानीकर्ताले कम जोखिम लिई राम्रो नाफा गर्न सक्छन् । प्रिमियम तथा बुक बिल्डिङ विधिबाट निष्काशन गरिएको शेयरमा लगानी गर्दा भने जोखिम बढ्छ ।
तपाईंलाई आईपीओेमा किन लगानी गर्ने र त्यसबाट लगानीकर्ताले के कस्ता फाइदाहरू लिन सक्छन् भन्ने लाग्न सक्छ । आईपीओेमा लगानी गर्दा हुने फाइदाका बारेमा केही कुरा गरौं ।
- आईपीओेमा लगानीले सञ्चालनको प्रारम्भिक चरणमा रहेका कम्पनीको शेयरधनी बन्ने अवसर प्राप्त हुन्छ । भविष्यमा कम्पनी विकसित हुँदै जाँदा पर्याप्त लाभ प्राप्त गर्न सकिन्छ ।
- आईपीओेमा शेयर खरिद गरेर कम्पनी सफल हुँदै जाँदा दोस्रो बजारमा मूल्य बढ्न सक्छ, बढेको मूल्यमा शेयर बिक्री गरेर लाभ उठाउन सकिन्छ ।
- कम्पनी प्रति दोस्रो बजारका लगानीकर्ताहरूको विश्वास भएको खण्डमा आईपीओेमा लगानी गर्दा नाफाको सम्भावना बढी हुन्छ । लगानीकर्ताले उच्च बजार मूल्यमा उक्त कम्पनीको शेयर खरिद गर्न सक्छन् ।
- आईपीओेले कम्पनी संस्थापक, कर्मचारी र सर्वसाधारण लगानीकर्ताको लगानीलाई तरल बनाउने बाटो खुला गर्छ ।
- सामान्यतया शेयर जारी गरेका कम्पनी भविष्यमा राम्ररी स्थापित हुन्छन्, उनीहरूको वित्तीय आधार बलियो बन्दै जान्छ । सर्वसाधारण लगानीकर्तालाई कम्पनीमा पहुँच प्राप्त हुन्छ । कम्पनी स्थापनाकालमा सर्वसाधारण व्यक्तिगत लगानीकर्तालाई यस्तो अवसर उपलब्ध नहुन सक्छ ।
धेरै पढिएका
सूचीकरण र खारेजीको नालीबेली
आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...
आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...
विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।
फेस भ्यालु भनेको के हो ?
शेयर वा अरू धितोपत्रको प्रति एकाई मूल्यलाई अंकित मूल्य (Face Value) भनिन्छ । यो मूल्य प्रचलित कानून अनुसार निष्काशनकर्ता कम्पनीले...
बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...
आईपीओ र एफपीओमा अन्तर
आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।
0 %
पढिसक्नुभयो !
सबै च्याप्टर
- आईपीओ भनेको के हो ? कसरी काम गर्छ ? कति प्रकारका हुन्छन् ?
- कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?
- आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?
- आईपीओमा कसरी आवेदन गर्ने ?
- आईपीओ सब्स्क्रिप्सन के हो ? यसले के संकेत गर्छ ?
- आईपीओ बाँडफाँट के हो ? कसरी चेक गर्ने आईपीओको नतिजा ?
- आईपीओमा लगानी किन गर्ने ?
- आईपीओ र एफपीओमा अन्तर
- विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?
- आईपीओका महत्वपूर्ण शब्दावली र अर्थ
- कम्पनीमा प्रि–आईपीओ लगानी सम्भव छ ?
- आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा
- आईपीओ लिस्टिङ भनेको के हो ? लिस्ट भएपछि के हुन्छ ?
- आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?
- बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?
- फेस भ्यालु भनेको के हो ?
- ओभर सब्स्क्रिप्सन हुनुको अर्थ के हो ?
- एसएमई प्लेटफर्म भनेको के हो ? लगानीकर्ताले के ध्यान दिने ?
- सूचीकरण र खारेजीको नालीबेली
- आस्बा भनेको के हो ? यसले कसरी काम गर्छ ?
- आईपीओ आवेदन कसरी क्यान्सिल गर्ने ?
- इस्यु म्यानेजरले के काम गर्छ ?
- नेपालका केही ठूला आईपीओको नालीबेली
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।