+

शेयर बजार

३० च्याप्टर
1

शेयर भनेको के हो ?

कुनै पनि कम्पनीमा रहेको पूँजीलाई कम्पनीको चुक्ता मूल्यले भाग गरी निकालिएको कित्ता संख्यालाई शेयर भनिन्छ । अर्थात् कुनै पनि कम्पनीमा कुनै व्यक्तिको शेयर हुनुको अर्थ सो कम्पनीमा सो व्यक्तिको...

2

शेयर बजार भनेको के हो ? अथवा स्टक मार्केट भनेको के हो ?

शेयर बजार भनेको धितोपत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार हो । यसलाई समष्टिगत रूपमा पूँजी बजार समेत भन्ने गरिन्छ । जहाँ विभिन्न तरिकाबाट पूँजीहरूलाई एकत्रित गर्ने तथा एकत्रित...

3

शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन

धितोपत्रहरूलाई अभौतिक रूपमा सुरक्षित रूपमा राख्न र हस्तान्तरण गर्न डिम्याट खाता चाहिन्छ । तसर्थ धितोपत्र बजारमा प्रवेश गर्नुअघि डिम्याट खाता खोल्नुहोस् ।

4

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई तलको टेबलमा दाँज्ने कोशिश गरिएको छ ।

5

स्मल क्याप, मिड क्याप र लार्ज क्याप शेयरमा के फरक छ ?

बजार पूँजीकरणले लगानीकर्ताहरूलाई कम्पनीको जोखिम र सम्भावित प्रतिफल मापन गर्न मद्दत गर्छ । यसलाई लगानी रणनीति र सूचकांकहरूमा शेयर वर्गीकरण गर्न पनि प्रयोग गर्न सकिन्छ ।

6

प्राथमिक बजार र दोस्रो बजार भनेको के हो, कसरी लगानी गर्ने ?

प्राथमिक बजारमा कम्पनी, संगठित संस्था वा सरकारले धितोपत्र (शेयर, बन्ड तथा ऋणपत्र) जारी गरेर (बिक्री गरी) सर्वसाधारणबाट आवश्यक पूँजी संकलन गर्छन् ।

7

पोर्टफोलियो भनेको के हो ? पोर्टफोलियो विविधीकरण किन जरूरी छ ?

पोर्टफोलियो भनेको व्यक्ति वा संस्थाले विभिन्न प्रकारका वित्तीय सम्पत्ति तथा धितोपत्रहरूमा गरेको लगानीहरूको संग्रह हो । एउटा व्यक्ति वा संस्थाले सामान्यतया लगानी गर्दा विभिन्न प्रकारका धितोपत्र तथा वित्तीय सम्पत्तिहरूमा...

8

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित मूल्य (फेस भ्यालु वा पार भ्यालु) भन्छन् ।

9

शेयर बजारले कसरी काम गर्छ ?

धितोपत्रको दोस्रो बजार अन्तर्गत आईपीओ जारी गरेका कम्पनी वा संगठित संस्थाका धितोपत्रहरूलाई सूचीकृत गरी कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ ।

10

भ्यालु वा ग्रोथमध्ये लगानीको कुन शैली ठिक ?

भ्यालु इन्भेस्टिङको सबल पक्षःभ्यालु इन्भेस्टरले बजारमा कम मूल्यांकन भएका सम्पत्तिहरू खोज्छ, सुरक्षाको मार्जिन र सम्भावित जोखिमको विचार गर्छ । यो रुढिवादी र पुरानो लगानी दृष्टिकोण हो । लगानीकर्ताहरू स्थिर...

11

शेयर बजारमा कारोबार कसरी गर्ने ?

तपाईंले ट्रेडिङ सुरु गर्नुअघि, स्टक मार्केटले कसरी काम गर्छ भनेर बुझ्नु आवश्यक छ । विभिन्न प्रकारका धितोपत्र, कारोबार रणनीति र बजार विश्लेषण प्रविधि बारे जान्नुहोस् ।

12

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार छन्ः भ्यालु इन्भेस्टिङः बफेट एक भ्यालु इन्भेस्टर हुन् । यसको...

13

के तपाईं ग्रोथ इन्भेस्टर हो ? यी सूत्र काम लाग्न सक्छन्

ग्रोथ इन्भेस्टर जहिले पनि नयाँ र नवीनतम सोचका साथ अगाडि बढेको तथा सञ्चालन इतिहास लामो नभएको तर वृद्धिको सम्भावना उच्च बोकेको कम्पनीहरूमा लगानी गर्न जोड दिन्छन् ।

14

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न कम्पनी र धितोपत्रहरूको मिश्रण हुने गरी लगानी गर्नुहोस् ।

15

शेयरको मूल्य उतारचढाव कसरी हुन्छ ?

लगानीकर्ताको भावना र धारणाले शेयर मूल्यमा महत्वपूर्ण प्रभाव पार्छ । कम्पनी वा समग्र अर्थतन्त्रसँग सम्बन्धित सकारात्मक समाचार वा घटनाहरूले लगानीकर्ताको विश्वास र शेयरको मूल्य बढाउन सक्छ, नकारात्मक समाचारले उल्टो...

16

सूचीकरण खारेज के हो ? के तपाईंको शेयर यस्तो खतरामा छ ?

सूचीकरण खारेजीपछि त्यस्ता कम्पनीको शेयर कारोबार स्टक एक्सचेन्जको नियमित कारोबार प्लेटफर्ममा उपलब्ध हुँदैनन् ।

17

बुल मार्केट र बियर मार्केट भनेको के हो ?

कम्पनीको मूल्यमा लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको निरन्तर वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको उत्साह, अर्थतन्त्रप्रतिको विश्वास बुल मार्केटको विशेषता हो । सामान्यतया बजारको पछिल्लो उच्च विन्दुबाट २० प्रतिशतभन्दा...

18

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन गर्नुपर्छ ।

19

लगानी रणनीति

वित्तीय लक्ष्य, जोखिम वहन क्षमता र समय सहित विभिन्न पक्षलाई सावधानीपूर्वक विचार गर्नुपर्छ । लगानीको लागि कुनै एक निश्चित रणनीति पूर्ण हुँदैन ।

20

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन् ।

21

सम्पत्ति कसरी बढाउने ? यस्तो छ लगानी र बचत बीचको अन्तर

बचत सामान्यतया कम जोखिम र सजिलै पहुँचयोग्य खाताहरू (बचत खाता, मुद्दती खाता) मा राखिन्छ । यस्ता खाताहरू सुरक्षित मानिन्छन् तर प्रतिफल भने तुलनात्मक रूपमा कम हुन्छ ।

22

नेपालका महँगा १० शेयर, किन महँगा हुन्छन् कुनै कुनै शेयर ?

कुनै पनि कम्पनीको शेयरको मूल्य विभिन्न कारणले तल–माथि गर्छन् । नेपालमा पनि केही शेयरको मूल्य उच्च छ ।

23

शेयर लगानीकर्ताले पढ्नैपर्ने १० पुस्तक

शेयर लगानीकर्ताको निरन्तर शिक्षा र व्यावसायिक विकासका लागि अध्ययन अपरिहार्य हुन्छ ।

24

शेयर ट्रेडरले पढ्नै पर्ने १० पुस्तक

पढाइ शेयर कारोबारीको निरन्तर शिक्षा र व्यावसायिक विकासका लागि आवश्यक पक्ष हो ।

25

नेपाली शेयर बजार इतिहासका पाँच मुख्य क्र्यास

सन् २००८ को विश्वव्यापी वित्तीय संकटले नेपाल सहित विश्वभरका शेयर बजारलाई असर गरेको थियो । त्यसबेला नेप्सेमा सूचीकृत शेयरको मूल्यमा तीव्र गिरावटको अनुभव गरिएको थियो । धेरै लगानीकर्ताले घाटा...

26

शेयर बजारमा नयाँ हुनुहुन्छ ? यी हुन् तपाईंले गर्न हुने र नहुने काम

कुनै पनि क्षेत्रमा लाग्दै गर्दा त्यस क्षेत्रको नियमलाई पालना गर्नुपर्दछ । उक्त क्षेत्रमा लाग्दै गर्दा त्यहाँ के गर्नुहुन्छ र के गर्नुहुँदैन भनेर तोकिएको हुन्छ । सोही प्रकारले शेयर कारोबारमा...

27

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा फर्किन नसक्ने गरी घाटा व्यहोर्नुपर्ने अवस्थामा पुग्दछौं । त्यसैले...

28

शेयर बजारबारे केही भ्रम र यथार्थ

शेयर बजार एक जटिल वित्तीय प्रणाली हो । यहाँ भ्रम र यथार्थ मिसिएको हुन्छ । स्टक मार्केटमा उचित ज्ञान र ठोस रणनीति विना प्रवेश गरेमा लगानी क्षति हुने डर रहन्छ । त्यसैले...

29

राजनीतिसँग शेयर बजारको साइनो

शेयर बजार र राजनीति एकअर्कासँग जोडिएका छन् । नेपालको हकमा त झन् यो एकदम अन्तरसम्बन्धित रहेको देखिन्छ । स–सानो राजनीतिक घटनाक्रम तथा राजनीतिक नियुक्तिहरूले समेत बजारमा गहिरो प्रभाव पारिरहेको...

30

नेपालको शेयर बजारलाई तल–माथि पार्ने मुख्य तत्वहरू

नेपाली शेयर बजारको एक मात्रै मुख्य परिसूचक नेप्सेले शेयर बजारको उतारचढावलाई देखाइरहेको हुन्छ । यसरी हुने उतारचढावलाई विभिन्न तत्वले प्रभावित पारिरहेको हुन्छ । ती तत्वहरूले खासमा शेयरको मूल्य घटाउन...